ललितपुरमा तीनजना कोरोना संक्रमितको मृत्यु

ललितपुरमा उपचारका क्रममा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरका ३८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनको मेघा अस्पतालमा उपचार गराइरहेका थिए । सोही अस्पतालमा उनको मृत्यु भएको हो ।

त्यसैगरी पाटन अस्पतालमा गएराति पौने १० बजे भक्तपुरका ७२ वर्षीय पुरुषको मृत्यु भएको छ । यसैगरी पाटन अस्पतालमा उपचार गराइरहेका काठमाडौंका ५१ वर्षीय पुरुषको उपचारका क्रममा बिहान २ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

प्रतिक्रिया