थप १२ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १२ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । संक्रमितमध्ये ३५ हजार ७०० जना निको भएर घर फर्किएका छन् ।

प्रवक्ता गौतमका अनुसार बिहीबार कोरोना जितेर १८ सय १८ जना घर फर्किएका छन् ।

प्रतिक्रिया