काठमाडौं । काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञा थप खुकुलो हुने भएको छ । भदौं ३ गतेदेखि लागू गरिएको निषेधाज्ञा बिहिबारदेखि खुकुलो पार्ने निर्णय भएको भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।
उनले बिहिबारदेखि यातायात र व्यापार व्यवसाय क्षेत्र खुल्ने जानकारी दिइन् । प्रजिअ पाण्डेकाअनुसार सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार व्यवसायलाई शर्तसहित खोल्न दिने निर्णय भएको छ ।
अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने उनले बताइन् । तर, काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनहरुका लागि भने पहिलेकै प्रावधान लागू गरिनेछ । धेरै मानिसहरुको जमघट हुने क्षेत्र शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र बन्द नै रहने छन् ।