• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तर्राष्ट्रिय ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

रुसले नागरिकहरुका लागि जारी गर्याे भ्याक्सिनको पहिलो संस्करण

कोरोना भ्याक्सिन आखिर कहिलेसम्म आउला र कहिले सर्वसाधारणले पाउलान् भन्ने विषयलाई लिएर विश्वभरमा चर्चाको विषय बनिरहेको छ। यसैबीच रुसले नागरिकहरुका लागि भ्याक्सिनको पहिलो संस्करण जारी गरेको छ।

रिपोर्टका अनुसार, विश्वको पहिलो कोरोना भ्याक्सिन मानिएको स्पुतनिक–भी को पहिलो ब्याच रुसले आफ्ना नागरिकहरुका लागि जारी गरेको हाे।

रुसको स्वास्थ्य मन्त्रालयका अनुसार, भ्याक्सिनले सबै गुणस्तर परीक्षणलाई पार गरेको छ र अब यसको डोज आम नागरिकहरुलाई दिनका लागि जारी गरिएको छ।

यद्यपी, सबैभन्दा महत्वपूर्ण कुरा भनेको रुसको उक्त भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल हालसम्म पनि भइसकेको छैन र त्योभन्दा पहिले नै रुसले नागरिकहरुका लागि भ्याक्सिन जारी गरेको छ।

रुसको भ्याक्सिन भारतमा पनि परीक्षण हुने

रुसले बनाएको भ्याक्सिन भारतमा पनि परीक्षण हुने भएको छ। रशियन डाइरेक्टर इन्भेष्टमेन्ट फण्डका सीईओ किरिल दिमित्रिभका अनुसार, उक्त भ्याक्सिनको क्लिनिकल ट्रायल भारत समेत संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, फिलिपिन्स र ब्राजिलमा यसै महिना शुरु हुनेछ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अगस्ट ११ मा उक्त भ्याक्सिन लन्च गरेका थिए। यसै क्रममा उनले उक्त भ्याक्सिन पूर्ण रुपमा सुरक्षित र प्रभावकारी भएको बताएका थिए। यसैगरी भ्याक्सिनको पहिलो डोज उनले आफ्नो छोरीलाई दिएका थिए। पछि उनले एउटा अन्तरवार्ताका क्रममा यो पनि बताएका थिए कि, भ्याक्सिनको दोस्रो डोज पनि उनकी छोरीले लिइसकेकी छन् र उनी पूर्ण रुपमा स्वस्थ रहेकी छिन्। एजेन्सी

प्रतिक्रिया