रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना संक्रमण

ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेकामध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

परीक्षण गरिएका १६ मध्ये ६ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरूलाई ललितपुर प्रहरी परिसरमा राखिएको छ । प्रहरीले उनीहरूमाथि सार्वजनिक शान्ति विरूद्धको कसूरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

कुटपिट अभियोगमा पक्राउ परेका १९ जनामध्ये तीन जनालाई भने छाडिएको थियो ।

प्रतिक्रिया