• गृहपृष्ठ /
  • देश ,
  • प्रदेश / स्थानीय ,
  • मुख्य खबर ,
  • समाचार

कलाकारीता पनि समाज सेवा पनि,शितलले बाढि पिडितको घाँउमा मलम लगाउने,सहयोग संकलन सुरु

आफ्नो ठाँउमा दुख पर्दा सबैलाई पिडा हुन्छ । त्यस माथी कमलो मन हुने कलाकाहरुलाई त झन छाती पोल्छ नै । यहि भएरै कलाकार शितल शर्माले भूजीखोला बाढी पीडितको लागि आर्थिक संकलन अभियान सुरु गर्न भएको छ ।

गत भदौ १७ गते राति ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा आएको बाढीका कारण घर तथा आफन्त बिहीन बनेका परिवारको लागि कलाकार शर्माले आर्थिक संकलन अभियान सुरु गर्नुभएको हो ।

उहाँले स्वेदश तथा विदेशमा रहने नेपालीहरुमा सहयोग अभियान चलाउनुभएको हो । हालसम्म उहाँले एक लाख भन्दा बढी संकलन गरि सकेको बताउनुभयो ।

‘बाढी पीडितको घाउमा थोरै मल्हम लगाउने हेतुले यो अभियान सुरु गरेको छु, धेरैले सहयोग गर्नु भएको छ,’ कलाकार शर्माले भन्नुभयो ‘स्वदेश तथा विदेशमा रहनु भएका नेपालीहरुले सहयोग गरि राख्नु भएको छ । अझै यो अभियानलाई तीव्रता दिने कोसिमा छु ।’

शर्माले बाढी पीडितलाई राहतसँगै बाढीमा अभिभावक गुमाएका एक बालक वा बालिकालाई पढाउने जिम्मा समेत लिने बताउनुभयो । बाढीमा परि १६ जनाको मृत्यु भएको छ भने अझै २२ जना बेपत्ता छन् ।

बेपत्ताको नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी लगायतको टोलीले खोजी कार्य गरिएको छ । बाढीले भूजीखोलाका तटिय क्षेत्रका ३१ घर पूर्ण रुपमा ध्वस्त भएका छन् भने करिब ४० भन्दा बढी घरमा क्षति भएको छ । अहिले ८० भन्दा बढी घर परिवारको सडकमा त्रिपाल मुनी बास छ ।

प्रतिक्रिया