आइतबार थपिए ९ सय ८० जना काेराेना संक्रमित

काठमाडाैं । आइतबार थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जना कोरोनामुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २८ हजार ९ सय ४१ पुगेकाे मन्त्रालयले जनाएकाे छ।

देशभर हाल सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयाे ।

प्रतिक्रिया