महोत्तरीमा एक कोरोना संक्रमितद्वारा आत्महत्या

महोत्तरीमा आत्महत्या गरेकी एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर स्थित–३ गौरीडाँडा बस्ने वृद्ध महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

महिलाले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेकी थिइन् । उनले किन आत्महत्या गरिन् भन्ने अहिलेसम्म कुनै कुरा नखुलेको प्रहरीले जनाएको छ ।

भदौ १५ गते स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको थियो । उनको रिपोर्ट बुधबार साँझ आएको बर्दीवास नगरपालिकाका नगरप्रमुख बिदुर कार्कीले जानकारी दिए ।

मृतकको घरका अन्य ३ जनामा भदौ ११ गते कोरोना संक्रमण पृष्टि भएको थियो ।

प्रतिक्रिया