कोरोना संक्रमणबाट चितवनमा एक बृद्धको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण चितवनको भरपुरका एकजनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं ६ का ७८ बर्षीय पुरुषको आज विहान ७ः२० बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई कोरोना संक्रमणका कारण श्वासप्रश्वासमा गम्भीर समस्या भई यहि भदौ ५ गते राती १२ बजे अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आइसियुमा राखि भेन्टिलेटरसहितका उपचारका सबै उपायहरु अपनाइएको भरतपुर अस्पतालका कोअर्डिनेटर डाक्टर प्रमोद पौडेलले बताए ।

प्रतिक्रिया