बुद्धभूमि नेपालका शेयर धनीले केही दिनमै कमाए ४ सय प्रतिशत नाफा 

काठमाडौं । प्राथमिक शेयर निष्कासन गरेर दोस्रो बजारमा प्रवेश गरेको बुद्धभूमि नेपालका शेयर धनीले करिव २ हप्ताको अवधिमा ४ सय प्रतिशत  नाफा कमाउन सफल भएका छन । 

यति १७ तारिखबाट दोस्रो बजारमा प्रवेश गरेको कम्पनीको बिहीबार सम्ममा शेयर मूल्य ५ सय ९ रुपैयाँ ५० पैसा पुगेको छ । एक हजार आईपीओमा लगानी गरेका शेयर धनीहरूले ४ हजार भन्दा धेरै मुनाफा कमाउन सफल भएका छन । 

आज पनि यो कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर खरिदको लागि करिव एक लाख कित्ताको माग भएको छ भने १५३० कित्ताको खरिद बिक्री भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय