धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काेराेना संक्रमित महिलाले बच्चा जन्माएकी छिन् । २० वर्षीया युवतीले छोरी जन्माएकी हुन् ।
महिलाकाे सफल डेलिभरी भएकाे अस्पतालले जनाएकाे छ । हाल आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य छ । प्रतिष्ठानको आधिकारिक ट्वीटर ह्यान्डलमा लेखिएको छ, ‘वीपी प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको सफल डेलिभरी ।’
शिशु जन्मिएको ७२ घण्टा पुगेपछि शिशुको पनि कोरोना भाइरस संक्रमणको परीक्षण गरिने अस्पताल स्राेतले जनाएकाे छ । विटनगरकी स्थानीय ती महिलामा गत तीन गते कोरोना संक्रमण पुष्टि भएको हो ।