काठमाडाैं । सोमबार देशभर कोरोनाका ७ सय ४३ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ।
विगत २४ घण्टामा १ सय ७५ जना कोरोनाबाट निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिनुभयाे । हालसम्म १८ हजार ८ सय ६ जना कोरोनाबाट निको भएका छन्।
देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ रहेकाे छ ।