कमल थापालाई राजेन्द्रले पराजित गर्ने संकेत,यस्तो आयो प्रारम्भिक नतिजा

काठमाडौं - शनिबार अबेर मतदान सम्पन्न भएपछि राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रापा) को मतगणना सुरु भएको छ । त्यस्तै प्रारम्भिक मत परिणाम अनुसार राजेन्द्र लिङदेल अगाडि देखिएका छन् । 

हालसम्म करिब २५ सय मतगणना भइसकेको निर्वाचन समितिले जनाएको छ । जसमा अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनले अग्रता कायम गरेका छन् ।

करिब २५ सय मतगणन हुँदा लिङ्देनले ११२१ मत प्राप्त गरेका छन् । त्यस्तै कमल थापाले १०२० मत प्राप्त गरेका छन् । त्यस्तै २६० मत बदर  भएको निर्वाचन समितिले जनाएको छ।

अध्यक्षको मत परिणाम आएपछि मात्र अन्य नतिजा सार्वजनिक गरिने उनले बताए।

 

प्रतिक्रिया