साहास उर्जाको आईपीओ पार्ने लगानीकर्ता कारोबार भएको पहिलो दिन मै भए मालामाल

काठमाण्डौ । प्राथमिक शेयर निष्कासन गर्ने साहास उर्जाको आज दोस्रो बजारमा पहिलो कारोबार भएको छ । 

स्पेशल प्रिओपन सेसनमा कम्पनीको शेयर उच्च विन्दुमा ओपन भएको हो । सो कम्पनीको शेयर ४०६ रुपैयाँ ३ पैसामा कारोबार सुरु भएको छ । यसरी हेर्दा कम्पनीको शेयर पाउने लगानीकर्ताहरु पहिलो दिनमै ३ हजार भन्दा धेरै नाफा कमाउन सफल भएका छन । त्यस्तै कारोबार सुरु भएको केहि मिनेटमै कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । सर्किट लागेसँगै कम्पनीको शेयर मूल्य ४४६ रुपैयाँ पुगेको छ । 

त्यस्तै आजनै स्पेशल प्रिओपनमा कारोबार सुरु भएको तेह्रथुम पावरको पनि दोस्रो बजारमा कारोबार सुरु भएको छ । सो कम्पनीको शेयर २५४ रुपैयाँ २ पैसामा पहिलो कारोबार भएको छ । यो कम्पनीका लगानीकर्ताहरुले पनि पहिलो दिनमै सय प्रतिशत भन्दा धेरै कमाउन सफल भएका छन । 

प्रतिक्रिया