काठमाडाैं । बिहीबार देशका विभिन्न ठाउँमा थप ७ सय ७ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ६ सय ४५ पुगेको छ।
विगत २४ घण्टामा २ सय ६४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ ।
हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ रहेकाे मन्त्रालयले जनाएकाे छ ।