नेपाली कांग्रेसका जिल्ला उपसभापतिको कोरोना संक्रमणबाट मृत्यु

नेपाली कांग्रेसका जिल्ला उपसभापतिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नवलपरासीका उपसभापति सुवास गिरीको कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको छ ।

कांग्रेस सांसद देवेन्द्रराज कंडेलले ३८ वर्षीय गिरीको पाटन अस्पतालमा बिहान ६ बजे निधन भएको जानकारी दिए । स्वास लिन समस्या भएपछि गिरीलाई सोमबार भेन्टिलेटरमा राखिएको थियो ।

गिरीको आजै शव व्यवस्थापनको तयारी छ ।

प्रतिक्रिया