काठमाण्डौ । सरकार खोप कार्यक्रममा आक्रामक देखिएको छ । एक तिहाइ जनसंख्यालाई खोप लगाइ सकेको सरकारले आज फाइजर खोपको १ लाख ६ सय २० डोज फाइजर नेपाल भित्राएको छ । यो खोप अमेरिकाले पठाएको हो ।
अमेरिकाबाट आउने खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई लगाइने स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् । तिहार र छठ पर्व सकिएपछि खोप कार्यक्रम सुरु हुने जनाइएको छ ।
यसअघि गत जुलाईमा १५ लाख ३० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप पठाएको थियो ।