एभरेष्ट बैंकको नाफा पाउने आज अन्तिम मौका

काठमाडौं - सामान्य बोनस घोषणा गरेको एभरेष्ट बैंकको नाफा पाउनलाई आज शेयर धनी बन्न पर्ने भएको छ । बैंकले साधारण सभाको मिति घोषणा गरेसँगै मंसिर १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । 

एभरेष्ट बैंकले आफ्नो वार्षिक साधारण सभा पौष १ गते बोलाएको छ । बैंकको २७ औं वार्षिक साधारण सभा पुस १ गते केन्द्रिय कार्यालय, लाजिम्पाटमा बिहान ११ः३० बजे बोलाएको हो । सभामा जुममार्फत पनि सहभागी हुने शेयरधनीहरुलाई मिटिङ्ग आइडि र पासवर्डको व्यवस्था गरिएको छ । 

बैंकको सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ४.३२ प्रतिशत नगद लाभांश गरी कूल १०.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, बैंकको प्रबन्धपत्र संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

प्रतिक्रिया