नेकपा विवाद : विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन

नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको जारी विवाद समाधानको लागि ६ सदस्यीय कार्यदल बनेको छ।

शुक्रबार बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलले सो कार्यदल बनाएको हो। महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनेको हो।

कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी समति सदस्यहरू शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनादर्न शर्मा र पम्फा भुसाल छन्।

कार्यदललाई चाँडोभन्दा चाँडो सहमतिको खाका तयार पार्न निर्देशन दिइएको छ। यसअघि दुई अध्यक्षबीच बिहीबार पनि छलफल भएको थियो। बिहीबारको छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए।

ओलीसँगको छलफलपछि उनले थापागाउँस्थित एक निजी कलेजमा आयोजित भेलालाई सम्बोधन गरेका थिए। उक्त भेलामा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, कृषिमन्त्री एवं स्थायी कमिटी सदस्य घनश्याम भुषाल, स्थायी कमिटी सदस्य गोकर्ण विष्टसहित प्रदेश-५ का दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्य उपस्थित थिए।

प्रतिक्रिया