कालिकाेटमा पहिराेमा पुरिएर ६ जनाकाे मृत्यु

कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकुमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ ।

अविरल वर्षासँगै खसेको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको हाे ।

पहिरोमा पुरिएका मृतकहरुको शव शुक्रबार बिहान निकालिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएकाे छ ।

मृतकहरु मध्ये चार जना विष्टका दुई छाेरा र दुई छाेरीसहित दुई जना उहाँका दाजुका छाेरीहरु रहेको प्रहरीले जनाएको छ ।

याे क्षेत्रमा गएरातिदेखि ठूलाे वर्षा भइरहेकाे छ ।

प्रतिक्रिया