• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • राजनीति ,
  • समाचार ,
  • स्वास्थ्य

आज १०९ जना डिस्चार्ज हुँदा ५२५ जना नयाँ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५२५ जना कोरोना संक्रमित थपिएका छन ।

देशका विभिन्न अस्पतालका प्रयोगशाला र प्रादेशिक प्रयोगशाला गरिएको पछिल्लो परीक्षणमा उनीहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या २४,९५७ पुगेको छ । तर सकृय संक्रमितहरुको संख्या भने ८,०२५ मात्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा १०९ जना निको भएर फर्किएका छन् । हालसम्म निको भएर फर्कनेहरुको संख्या १६,८३७ छ । यसैगरी देशका बिभिन्न स्थानमा रहेका क्वारेन्टीनमा १४,७६९ जना रहेका छन भने आइसोलेसनमा रहनेको संख्या ८,०२५ रहेको छ ।

प्रतिक्रिया