• गृहपृष्ठ /
  • Breaking News ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • राजनीति ,
  • समाचार

तीव्र गिरावट पछि पुनः उकालाे लाग्याे सुनकाे मूल्य

साउन २९ गते, बिहीबार सुनको मूल्य पुन: उकालो लागेको छ। अघिल्लो दिन बुधबार तोलामा ६ हजार २०० रुपैयाँले घटेको सुनको मूल्य बिहीबार ताेलामा दुई हजार ४०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिनका लागि छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ तोकिएको छ ।

यसैगरी चाँदीको भाउ पनि बिहीबार तोलामा ८५ रुपैयाँले बढेर प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको भाउ तोलामै २२५ रुपैयाँले घटेर प्रतितोला एक हजार २१० रुपैयाँमा खरिदबिक्री भएको थियो।

अघिल्लो दिन बुधबार अन्तरराष्ट्रिय बजारमा पनि सुन तथा चाँदीको मूल्यमा उच्च गिरावट आएसँगै नेपाली बजारमा त्यसको प्रभाव परेको थियो। तर, बिहीबार भने अन्तरराष्ट्रिय बजारमा नै सुनचाँदीको मूल्य उकालो लागेको छ। यस दिन सुन ३५ डलरले बढेर प्रति अउन्स एक हजार ९२८ डलरमा खरिदबिक्री भइरहेको छ।

सुनको मूल्य बढेर नयाँ उचाई कायम गरेपछि अन्तरराष्ट्रिय बजारका लगानीकर्ताहरु बिक्री गरि नाफा बुक गर्दा बुधबार मूल्यमा उच्च गिरावट देखिएको बताइएको छ। बुधबार उच्च दरले मूल्य घटेपछि लगानीकर्ताहरु पुनः सुन खरिद गर्न थालेपछि बिहीबार सुनको मूल्य बढेको हो।

प्रतिक्रिया