खानेपानीका इन्जिनियर साढे १० लाख घुससहित पक्राउ

नेपाल खानेपानी संस्थान बुटवल, रूपन्देहीका कार्यालय प्रमुख (सातौ तह) इन्जिनियर सन्तोष साह १० लाख ५५ हजार श्रोत नखुलेको रकमसहित धादिङबाट पक्राउ परेका छन्।

खानेपानी शाखा कार्यालयहरुको विभिन्न व्यक्तिहरुसंग घुस/रिसवत रकम उठाई काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले इन्जिनियर साहलाई पक्राउ गरेको हो ।

लु १ ञ ९५ नं. को गाडीमा बुटवलबाट काठमाण्डौ जादै गर्दा धादिङ धुनिवेसी नगरपालिका वडा नं.-८ खानीखोलामा गाडी चेक जाँच गर्ने क्रममा साहसँग रहेको श्रोत नखुलेको नगद रकम दुई लाख ३३ हजार पाँच सय र बैंकमा जम्मा गरेको बैंक भौचर आठ लाख २२ हजार बराबरको रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया