भदाै १ गतेबाट शुचारू गरिने भनिएका सबै प्रकारका सेवाहरू शुचारू नगर्ने सीसीएमसीकाे निष्कर्ष

भदाै १ गतेबाट शुचारू गरिने भनिएका सबै प्रकारका सेवाहरू शुचारू नहुनेभएकाे छ ।

आइतबार बसेको कोभिड–१९ निर्देशक समितिको बैठकले भदाै १ गतेबाट शुचारू गरिने भनिएका सबै प्रकारका सेवाहरू शुचारू नगर्ने निष्कर्ष निकालेकाे हाे । सरकारले भदौ १ बाट लामो दूरीको यातायात सेवा, हवाई सेवा र विद्यालय भर्ना खोल्नेलगायतका अग्रिम निर्णय गरेको भएजनि काेराेना संक्रमणकाे जोखिम झन् बढेकाले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा आइतबार बसेको कोभिड–१९ निर्देशक समितिको बैठकले मन्त्रीहरूबीच तत्कालका लागि सरकारले यसअघि सञ्‍चालन गर्ने भनिएका कुनै पनि सेवालाई अघि नबढाउने निष्कर्षमा निकालेकाे छ । कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को आइतबार बसेको बैठकले यसलाई १५ दिन पर सार्न सिफारिस गरेको हो । यसबारे निर्णय भने अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्दै छ । ‘सीसीएमसी निर्देशक समितिमा मन्त्रीहरु सदस्य भएका कारण उनीहरुले नै मन्त्रिपरिषद्मा कुरा गर्ने र त्यसपछि मन्त्रिपरिषद्बाट भएको निर्णयलाई मन्त्रिपरिषद्ले नै परिमार्जन वा संशोधन गर्न सक्ने बताएइकाे छ ।

साउन ६ गतेबाट लकडाउन पूर्ण रुपमा हटेपछि सरकारले भदौ १ बाट आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक र अन्य उडान, अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल र विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्‍चालन गर्ने तथा लामो दूरीको यातायात सञ्‍चालन गर्ने भनि अग्रिम निर्णय गरेको थियो । तर लकडाउन खुलेसँगै कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले सुचारु गर्ने भनेर निर्णय गरेका सेवा तत्कालका लागि नखोल्ने निष्कर्षमा सीसीएमसी पुगेको हो । भदौ १ बाट खोल्ने भनिएका सेवाहरू कति दिन पछि खोल्ने भन्ने सम्बन्धमा भने सीसीएमसीमा सहमति भएको छैन । ‘कसैले १५ दिनपछि सारौं भन्नुभएको छ, कोही एक महिना सार्नुपर्छ भनिराख्नुभएको छ, कसैले यो संक्रमण नसकिँदासम्म सेवा सञ्‍चालन नगर्ने कुरा गर्नुभएको छ,’ एक मन्त्रीकाे भनाइ, । ‘तर यसको अन्तिम निर्णय मन्त्रिपरिषद् बैठकले गर्नेछ ।’

प्रतिक्रिया