वीरगञ्जमा एकैपटक १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा सेना, प्रहरी, चिकित्सकसहित थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।
संक्रमितमध्ये ४३ जना जिल्ला प्रहरी कार्यालय पर्साका थुनुवा हुन् ।वीरगन्जका मेयर विजयकुमार सरावगीको परिवारका थप तीन जनामा संक्रमण पुष्टि भएको छ ।
वीरगञ्ज महानगरपालिकाका ३३ वर्षीय कर्मचारीमा पनि कोरोना देखिएको छ । संक्रमितहरुमा आठ वर्षदेखि ७९ वर्ष उमेर समूहसम्म रहेका छन्।