कोरोना भाइरस नेपाल: थप चार जनाको मृत्यु, थप २२४ जनामा कोरोनाभाइरस सङ्क्रमण

काठमाडौं । शुक्रबार नेपालमा थप २ सय २४ जना काेराेना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन्।

यीसहित देशभर कुल संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ५१ जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म १४ हजार ३ सय ९९ जना निको भएका छन्।

प्रतिक्रिया