पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमतिको मृत्यु

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

आईसीयूमा उपचाररत ६५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । ललितपुर थसिखेलकी उनलाई साउन ६ गते अस्पताल भर्ना गरिएको थियो । स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई पाटन अस्पताल सारिएको थियो । उनी योबीचमा वीरगन्जबाट आएकी थिइन्।

बिहीबार मात्र वीरगन्जमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

प्रतिक्रिया