काठमाडौं । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन वृद्धि भएको छ । उक्त अवधिमा बैंकहरुको निक्षेप ८ अर्ब १८ करोड रुपैयाँले वृद्धि भएको हो ।
नेपाल बैंकर्स सघंका अनुसार असोज २१ गते ४५ खर्ब ११ अर्ब रुपैयाँ रहेको निक्षेप असोज २८ गते भने बढेर ४५ खर्ब १९ अर्ब रुपैयाँ पुगेको हो ।
उक्त अवधिमा कर्जा प्रवाह भने स्थिर देखिएको छ । बैंकर्स संघका अनुसार असोज २१ गते ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । तर, असोज २८ गतेसम्म भने ६२ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह भएको संघले जनाएको छ । बैंकहरुको औसत सीडी रेसियो ८६.९६ प्रतिशत रहेको छ ।
संघका अनुसार असोज पहिलो सातादेखि चौंथो सातासम्म आईपुग्दा भने बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले वृद्धि भएको हो । बैंकहरुले असोज ७ गते ४५ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । यस्तै, असोज दोस्रो ४५ खर्ब १९ अर्ब, तेस्रो साता ४५ खर्ब ११ खर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।
त्यसैगरि असोज चौंथो सातासम्ममा बैंकहरुको कर्जा प्रवाह भने १ अर्बले घटेको देखिएको छ । पहिलो साता ४१ खर्ब ९४ करोड , दोस्रो साता ४१ खर्ब ९७ करोड, तेस्रो सातामा ४१ खर्ब ९३ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।