पछिल्लो २४ घण्टामा २७४ कोरोना संक्रमित थपिए, २२७ जना डिस्चार्ज
काठमाडौं । पछिल्लो २४ घण्टामा नोभेल कोरोना भाइरका २७४ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २७४ जना कोरोना संक्रमित थपिएका जानकारी दिए । बिहीबार ५ हजार २२७ कोरोनाका सक्रिय संक्रमित विभिन्न अस्पतालमा र आइसोलेनमा उपचाररत रहेका उनले जानकारी दिए ।
उनले पछिल्लो २४ घण्टामा ६ हजार ३०४ जनामा पीसीआर परीक्षण गरिएको बताए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा २२७ जना निको भएर घर फर्किएका छन् । कुल कोरोना निको हुनेको संख्या १४ हजार २४८ जना पुगेका छन् ।