गण्डकीमा बिहिबार थपिए ३८ संक्रमित

गण्डकी प्रदेशमा बिहिबार बिहान ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ७९ पुगेको छ ।

स्याङ्जाको बिरुवा गाउँपालिकामा १ जना, पुतलिबजार नगरपालिकामा १ जना, भिरकोट गाउँपालिकामा १ जना र गल्याङ नगरपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङको काठेखोला गाउँपालिकामा २ जना, जैमिनी नगरपालिकामा १ जना, बडिगाड गाउँपालिकामा २ जना र बागलुङ नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

तनहुँको ऋषिङमा १ र व्यासमा २ जना, नवलपुरको बौदिकालीमा १ जना, लमजुङको बेसी शहरमा ३ जना र कास्किको पोखरा महानगरमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देक डा. बिनोद बिन्दु शर्माले जानकारी दिए । संक्रमण पुष्टि हुनेमा १७ बर्षदेखि ५२ बर्ष उमेर समुहका छन् । उनीहरु मध्ये स्याङ्जाको गल्याङका २ जना महिला हुन भने बाँकी सबै पुरुष हुन् । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भएर निको हुनेको संख्या १ हजार २ सय ३० पुगेको छ ।

प्रतिक्रिया