आगामी साता एसईईको नतिजा सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा आउने साता निकाल्ने भएको छ । आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको बोर्डले जनाएको छ ।

नोवेल कोरोना भाइरस ९कोभिड–१९० का कारण एसईई नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो । विद्यालयहरूले जिल्ला समन्वय इकाइ मार्फत बोर्डमा पठाएको अंक रुजु भइरहेको बुझिएको छ ।

६ चैतका लागि निर्धारित परीक्षा अन्तिम समयमा स्थगित भएको थियो । यो वर्ष देशभरी ४ लाख ८२ हजार २१९ विद्यार्थीले एसईईको तयारी गरेका थिए ।

विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको थियो ।

प्रतिक्रिया