नोभेल कोरोना भाइरसका ३११ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३११ संक्रमित थपिएका हुन् ।
आइतबार देशभर १३० कोरोना भाइरस संक्रमित फेला परेका थिए भने ७५ जना डिस्चार्ज भएका थिए । त्यसैगरी सोमबार १३९ जना कोरोना भाइरस संक्रमित फेला परेका थिए भने ६२६ जना डिस्चार्ज भएका थिए ।
देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार १२९ रहेको छ ।