डा.पौडेल सहकारी बोर्डको सल्लाहकार नियुक्त

काठमाडौ– सहकारी विज्ञ डा.ज्ञानेन्द्रप्रसाद पौडेल राष्ट्रिय सहकारी विकास बोर्डको सल्लाहकार नियुक्त भएका छन् । करिव दुई दशकदेखि सहकारी अभियानमा संलग्न पौडेललाई सहकारी बोर्डको कार्यकारी समितिको बैठकले सल्लाहकारमा नियुक्त गरेको हो ।

भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालको अध्यक्षतामा बसेको बोर्ड बैठकले राष्ट्रिय सहकारी विकास बोर्ड ऐन,२०४९को दफा १६ व्यवस्था भए बमोजिम बोर्डको सल्लाहकार नियुक्त गरेको जनाएको छ ।

क्रेडिट रिस्क मेनेजमेन्ट इन नेपलिज कोअपरेटिभ सोसाइटीमा पिएडी गरेका पौडेलले नेस्नल कलेज (निष्ट)मा प्राध्यापन गर्छन् । पौडेलले सहकारी सम्बन्धि पुस्तक तथा रिसर्च आर्टिकलसमेत प्रकाशित गरेका छन् । बागलुङको अमलाचौरमा जन्मिएका पौडेल सहकारी क्षेत्रमा गहिरो अध्ययन गरेका छन् ।

प्रतिक्रिया