पर्साको वीरगञ्जमा एकजनाको मृत्यु भएको छ । आदर्शनगरका ६५ वर्षीय वृद्धको आज बिहान मृत्यु भएको गण्डक अस्पतालले जनाएको छ ।
आरडिटी पोजेटिभ देखिएका ती वृद्धको पिसिआर रिपोर्ट भने आउन बाँकी नै छ । केहीदिनदेखि स्वास्थ्यमा समस्या भएपछि उनलाई शनिबार राती गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।
आरडिटी पाजेटिभ आएकाले उनको मृत्यु कोरोनाबाट भएको अनुमान गरिएको छ । दिउँसोसम्म रिपोर्ट आइसक्ने गण्डक अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिएका छन् ।