देशैभर नोभेल कोरोना भाइरसका संक्रमित शुक्रबार १३३ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३३ जना संक्रमित थपिएका हुन् ।
साउन ९ गते शुक्रबार तीन हजार ९८७ जनाको पीसीआर जाँच गरिएको छ ।
देशभर शुक्रबार ५ हजार ३८३ जना सक्रिय संक्रमितको रहेको उनले जानकारी दिए । पछिल्लो २४ घण्टामा जना १०७ जना कोरोना निको भएर घर फर्किएका छन् भने हालसम्म कोरोना निको हुनेको संख्या १२ हजार ९४७ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो तीन दिनको कोरोना संक्रमितको तथ्याङ्क हेर्दा मंगलबार १५० जना, ,बुधबार १०० जना र बिहीबार १४७ जना कोरोना संक्रमित थपिएका थिए ।
मंगलबार ६०९ जना, बुधबार २० जना र बिहिबार र १५६ जना डिस्चार्ज भएका थिए । हालसम्म कुल कोरोना भाइरस संक्रमितको संख्या १८ हजार ३४१ पुगेको छ ।