काठमाडौं । कात्तिक ९ गते युवा तथा खेलकुद मन्त्री नियुक्त भएका बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् ।
पछिल्लो समय अमेरिका भ्रमणमा जाने विषयलाई लिएर उनी विवादमा तानिएका थिए । सो विषयले चर्चा चर्किँदै गएपछि प्रधानमन्त्री सुशीला कार्कीसमेत उनीप्रति असन्तुष्ट बनेकी थिइन् । विवाद बढ्दै गएपछि गुप्ताले राजीनामा दिने निर्णय गरेका हुन् ।
राजीनामा बुझाइसकेको जानकारी दिँदै उनले आज सार्वजनिक बिदा भएकाले दर्ता हुन नसकेको र भोलिसम्म स्वीकृत हुने अपेक्षा गरेको बताएका छन् । उनले नेपाल प्रेससँग कुरा गर्दै औपचारिक प्रक्रिया पूरा हुने बताए ।