१४७ कोरोना संक्रमित थपिए, ७० दशमलव ३९ प्रतिशत डिस्चार्ज ६ जिल्लामा संक्रमण शून्य, पाँच हजार ३५

नोभेल कोरोना भाइरसका १४७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४७ संक्रमित थपिएका हुन् ।

देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ३५८ रहेको छ ।
पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १२ हजार ८४० जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

हालसम्म देशभरबाट ७० दशमलव ३९ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।

हालसम्म कुल कोरोना भाइरस संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रयोगशालाबाट तीन हजार ४८१ जनाको जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभरका २० हजार ९८ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४२ जनाको मृत्यु भइसकेको छ ।

यस साताको पहिलो दिन आइतबार १५७ जनामा कोरोना संक्रमित थपिएका थिए भने ५८ जना डिस्चार्ज भएका थिए । सोमबार १८६ कोरोना संक्रमित थपिएका थिए भने १७३ जना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको प्रवक्ता डा. गौतमले बताएका थिए ।

त्यसैगरी लकडाउनको अन्तिम दिन १५० कोरोना भाइरस संक्रमित थपिएका थिए भने ६०९ जनाको डिस्चार्ज भएका थिए । लकडाउन खुलेको पहिलो दिन देशभ १०० कोरोना भाइरस संक्रमित थपिएका थिए भने २० जना डिस्चार्ज भएका थिए ।

गत महिना असार ६ गते असार ६ हजार ८२८ जनाको नमुना परीक्षण गरिएकोमा ६२९ पोजेटिभ देखिएका थिए । उक्त दर भनेको ९ दशलव २ प्रतिशत हो ।

साउन ८ गते तीन हजार ४८१ जनाको पीसीआर जाँच गरिएको छ भने १४७ पोजेटिभ देखिएको छ । यो भनेको ४ दशमलव २ प्रतिशत हो ।

पाँचसयभन्दा बढी सक्रिय संक्रमितको संख्या रौतहट कैलाली र बाजुरा छन् । छ जिल्लामा संक्रमण शून्य देखिएको छ । जसमा भोजपुर, पाँचथर, रसुवा, संखुवासभा, मनाङ र मुस्ताङ रहेका छन् ।

प्रतिक्रिया