काठमाण्डौ - साताको पहिलो दिन आइतबार नेप्सेमा ठुलो पहिरो जाँदा पनि भर्खर मात्र प्राथमिक शेयर निष्कासन गरेको सानिमा लाईफ इन्स्योरेन्सको शेयर मूल्यमा सर्किट लागेको छ ।
कारोबार सुरु भएको केहि समयमा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको थियो । कम्पनीको २ सय ९० कित्ता शेयर कारोवार भइ ३७३ रुपैयाँ पुगेको छ । कम्पनीको शेयरको लागि ८ लाख भन्दा धेरैको माग रहेको छ ।