काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ । दुई अंकमा झरेको संख्या हिजोदेखि फेरि तीन अंकमा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा १ सय १६ जनामा कोरोना संक्रमण देखिएको र एकजनाको ज्यान गएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ सय १६ जना संक्रमितसहित देशभर संक्रममितको संख्या १७ हजार १ सय ७७ पुगेको जानकारी दिए ।
संक्रमितमध्ये ११ हजार २५ जना उपचारपछि घर फर्किएका छन् भने अहिलेसम्म ३९जनाको ज्यान गएको छ ।