सानिमा लाईफ इन्स्योरेन्सको शेयरमा बुधबार पनि सर्किट, पाँच सय नजिक पुग्यो प्रति शेयर मूल्य

काठमाण्डौ । सानिमा लाईफ इन्स्योरेन्सको शेयर मूल्यमा बुधबार पनि सर्किट लागेको छ । 

कारोबार सुरु भएको आधा घण्टाको समयमा शेयर मूल्यमा सर्किट लागेको हो । यो समाचार तयार पार्दा सम्म सानिमाको शेयर मूल्य ४५  ले बढेर ४९७ रुपैयाँ पुगेको छ । 

आज पनि यो कम्पनीको शेयर माग ५ लाख हाराहारी रहेको छ । 

प्रतिक्रिया