असली तीज गीत भनेको यस्तो हुनु पर्छ,पातली २ ले दर्शकको मन जित्दै

लोकप्रिय सर्जक शिव हमालले कला लम्सालको लागी सिर्जना गरेको नयाँ तीज गीत पातली २ भर्खर मात्र सार्वजनिक छ ।

पातली भाग एकलाई दर्शक स्रोताले अत्यधिक मन पराएका थिए भने यो गीत पनि सबैको मन जित्नेक्रममा रहेको छ । शिवले यो गीतमा गाँउमा बोलिने टिपिकल शब्दलाई कलात्मक रुपमा गीतमा उतारेका छन ।

कलाले पनि गीतमा आफ्नो दमदार अभिनयको साथमा उत्कृष्ट आवाज समेत दिएकी छन । यो गीतले दिदिबहिनीहरुलाई नचाउने पक्का छ ।

तीजको भाव र मर्म अनुसार सिर्जना गरेको सो गीतले एक जवान युवतीको कथालाई गीतमा उतारेको छ ।

गीतमा लोकप्रिय निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन । भने गीतमा कला लम्साल र दिपसा विसीको अभिनय रहेको छ भने गीतलाई विष्णु शर्माले सम्पादन गरेका छन भने कृष्ण विकले संगीत संयोजन गरेका छन ।

प्रतिक्रिया