काठमाडौंको सिनामंगलबाट गैंडाको खागसहित चारजना पक्राउ

काठमाडौंको सिनामंगलबाट गैंडाको खागसहित चारजना पक्राउ
काठमाडौं । काठमाडौंको सिनामंगलबाट गैंडाको खागसहित चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका २७ का ६० वर्षीय सरोज गुरुङ, भक्तपुर नयाँठिमी बस्दै आएका २७ वर्षीय बुद्धि क्षेत्री, सिनामंगल बस्दै आएका ३५ वर्षीय पूर्ण परियार र सिनामंगलमै बस्दै आएका २५ वर्षीया शिखा गिरी छन् ।

प्रहरीका अनुसार गैंडाको खाग खरिद-बिक्री गर्न लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट साढे ४ इन्च लम्बाइ, फेदको गोलाइ ५ इन्च भएको एक थान गैंडाको खाग बरामद भएको छ ।

प्रतिक्रिया