लोकप्रिय गायक तथा यायिका हरुको आवाज रहेको नया तीज गीत मुग्लिनमा नयाँ पुल भर्खर मात्र सार्वजनिक भएको छ ।
निकै उत्कृष्ठ शब्द तथा सुमधुर लय सिर्जना रहेको सो गीतले देशको बेतिथि र विसंगति लाई गीतमा उठाएको छ । गीतलाई लोकप्रिय सर्जक शिव अखेलिको शब्द तथा सूर्य खड्का लय सिर्जना रहेको सो गीतमा सम्झना,डोल्मा र सूर्यको आवाज रहेको छ ।
गीत सार्बजनिक भए पछि हामी सँग कुरा गर्दै गायिका सम्झना लामिछाने मगर ले गीतलाई सबैले माया गरिदिनेमा आफूहरु आशावादी रहेको बताउनु भयो ।
सम्झनाकै निर्देशन रहेको सो गीतमा कृष्ण सापकोटा, सम्झना,डोल्मा,महेश लामीछाने, सागर ढकाल,सपना मगर, सलीना झाकोटे, मगर प्रतीक्षा मगरको अभिनय रहेको छ ।