काठमाण्डौ - प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालय आफैसँग रहने गरि मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ ।
उहाँले सांसद उमेल श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री चयन गर्नुभएको छ ।
सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र मन्त्रीको संख्यामा सहमति जुटाउन नसकिरहेका बेला देउवाले आफ्नो पार्टीका सांसद श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा ल्याएका हुन् । योसँगै मन्त्रिपरिषदको संख्या ६ सदस्यीय भएको छ ।