बानपा ७ ले जनताको मन् जित्दै,बाजा लोप हुन नदिन समितिलाई बाजा वितरण

जनताको मन् जित्दै गइरहेको बागलुङ नगरपालिका वडा न. ७ ले परम्परागत पेशाकर्मी लाई विभिन्न सामाग्री वितरण गर्दै आएको छ ।

वडाले केहि दिन अगाडि दलित समूदायलाई लुगा सिलाउने मेशिन र आरन व्यवसायीलाई आरनमा आवश्यक पर्ने सामाग्री वितरण गरेको थियो । सो कुराको चौतर्फी प्रसंसा भएको थियो यसै बीच वडाले फेरि परम्परागत बाजा संरक्षण कार्यक्रम अन्तर्गत दलित समूदायलाई पन्चेवाजा वितरण गरेको छ ।

पञ्चेबाजा संरक्षण गर्नुपर्ने र पेशाकर्मी लाई हौसला दिनुपर्ने ठहर गर्दै पञ्चेवाजा वितरण गरेको वडाध्यक्ष खगराज पाण्डेले जानकारी दिनुभयो । सोही वडाका खिम बहादुर विकले निर्माण गर्नु भएको पन्चेबाजा वडाध्यक्ष पाण्डेले बा. न. पा ७ हराचौर बाजा समितिलाई हस्तान्तरण गर्नु भया ।

बाजा बजाउँदै आएका पेशाकर्मीहरुको पालायनता र यूवा पुस्तामा बाजा बजाउने सीप हस्तान्तरण हुन नसक्दा धेरै ठाउँमा लोप हुन थालेको छ । वडाध्यक्ष पाण्डेले बाजा हराउन नदिने आफ्नो वडाको प्राथमिकता रहेको बताउनुभयो । कार्यक्रमको सञ्चालन वडा सचिव हिराबहादुर केसीले गर्नु भएको थियो । पञ्चेवाजा प्राप्त गर्ने अनिल परियार र बाजा निर्माण गर्ने खिम बहादुर विकले समेत आफ्नो मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया