माधव नेपाल काँग्रेसमा प्रवेश गर्छन - केपी शर्मा ओली

काठमाण्डौ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मामा ओलीले बरिष्ठ नेता माधव कुमार नेपाल प्रचण्डको पुच्छार भएको बताएका छन । 

ओली काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जनमोर्चाका नेताहरुको नाम लिदै नेपाली राजनीतिमा झुठ र बेइमानीहरूको चलखेल बढेको आरोप लगाए । उनले माधव नेपालले प्रधानमन्त्रीको प्रस्ताव ओलीले गरे भनेर दिएको अभिव्यक्तिको खण्डन गर्दै आफुले उनलाई प्रधानमन्त्रीका लागि कुनै प्रस्ताव नगरेका दावी गरे ।


‘माधव नेपाल भन्ने एकजना छन् काँग्रेसको पछाडी कुद्ने सवैले चिन्छन् । किनभने असाध्यै चर्चा भइरहेको छ । यतिसम्म पनि मान्छे पतन हुनसक्दो रहेछ’, उनले भने, ‘आफ्नो पार्टीको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिस्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर फेरि हिँड्ने यस्तो लाजसरम पचेको मान्छे ।’


उनले केही मानिसहरुमा विचार उदेश्य हराएको भन्दै  सम्मृद्ध नेपाल सुखी नेपालीको मार्गदर्शन छोडेर व्यक्तिगत अहंकार कुण्ठामा रमाउने गरेको आरोप लगाए । ओलीले राजनीतिक दलका कार्यकर्तालाई विचारबाट चल्ने भन्दा पनि खेतालाका रुपमा प्रयोग गर्न थालेको भन्दै विपक्षी गठबन्धनको चर्को आलोचना गरे ।  

प्रतिक्रिया