काठमाडौं उपत्यकामै सलह छिर्यो

नेपालको तराई क्षेत्रमा देखिएका सलह काठमाडौं उपत्यकामा पनि देखा परेका छन् ।

तराई र मध्यपहाडी जिल्लाहरुमा देखिएका सलह आज बिहान ललितपुरको दक्षिणी भेगमा देखा परेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

फसीखेल, लेले, गोदावरीका विभिन्न क्षेत्रमा सलह देखा परेको प्रहरीले समेत पुष्टि गरेको छ ।

केही दिनदेखि बारा, पर्सा, सर्लाही, सिन्धुली, रामेछाप लगायतका जिल्लामा देखिएका सलह अहिले तराईका दक्षिणी क्षेत्रमा बढी देखिएका छन् ।

फट्याङ्ग्रा प्रजातिका सो किरालाई अनिकाल निम्त्याउने किराका रुपमा समेत लिइन्छ । ठूलो समूहमा उड्ने र जहाँ बस्यो, त्यहीँको अन्नबाली, पातपतिङ्तर सखाप पार्ने भएकाले पनि सलह घातक मानिन्छन् ।

प्रतिक्रिया