आज १७औं धान दिवस : रोपाइँको

आज असार १५ आर्थात १७ औं राष्ट्रिय धान दिवस । नेपालमा असार १५ लाई धान दिवसको रुपमा मनाउँदै आएको छ । आजको दिन दही चिउरा पनि खाने पनि गरिन्छ ।

राजधानी लगायत देशैभर आज विशेष कार्यक्रमहरु गरी मनाइदैछ । सदा पानी नपरेका कारण धान रोप्न कुर्नुपर्ने बाध्यता हुन्थ्यो तर यो वर्ष भने समयमै पानी परेकोले काठमाडौका किसानहरुले अधिकांश रोपाई सकाईसकेका छन् ।

‘आजको यो रोपाई अन्तिम हो । यो वर्ष पानी धेरै परेका कारण हामीले रोपाई सकाई सकेका छौ’, ललितपुर ठेचोका सुरेश देशारले भने । असार १५ लाई धान दिवसको रुपमा मनाउछ त्यो सरकारको लागीमात्र हो तर हामी किसानका लागि धान रोप्न असार १५ नै कुर्नुनपर्ने देशारले बताए ।

प्रतिक्रिया