जापानमा कुलविर थापाको संयोजकत्वमा परिषद् शाखा गठन

जापान । सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल अन्तर्गत विदेश समन्वय परिषद्को शाखा जापानमा गठन गरिएको छ। एक विशेष कार्यक्रमका बीच परिषद्का बरिष्ट उपाध्यक्ष तथा लोकप्रिय सर्जक गायक विष्णु खत्रीको उपस्थितिमा जापान शाखा औपचारिक रूपमा गठन गरिएको हो। यसअघि युरोपमा पनि परिषद्को शाखा गठन भइसकेको थियो।

नेपाली सांगीतिक क्षेत्रको बौद्धिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको परिषद्ले विदेशस्थित नेपाली समुदायसँग समन्वय गर्दै शाखा विस्तार गरिरहेको छ। शाखा गठनपछि गायक विष्णु खत्रीले विदेशमा रहेका नेपालीहरूद्वारा नेपाली कला र संस्कृति प्रतिको चासो तथा योगदानको प्रशंसा गरे। साथै, जापान शाखामार्फत उत्कृष्ट कार्य हुनेमा आफू विश्वस्त रहेको बताउँदै परिषद्को उद्देश्य र भावनालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

जापान शाखाको संयोजकमा कुलविर थापालाई चयन गरिएको छ। ओसाकामा बसोबास गर्दै आएका थापाको नेतृत्वमा निम्नानुसार समिति गठन गरिएको छ:

पद नाम स्थान
संयोजक कुलविर थापा ओसाका
उपसंयोजक बिपिन खत्री टोकियो
सचिव दिनेश थापा टोकियो
सह-सचिव कुशल भण्डारी टोकियो
कोषाध्यक्ष मनु थापा नागोया
सह-कोषाध्यक्ष तुलविर थापा आइचि
प्रवक्ता सुशिल ज्ञवाली -
सदस्य काजल गुरुङ ओसाका
सदस्य बिन्दु मल्ल ठकुरी नागोया
सदस्य नारायण थापा ओसाका
सदस्य रेशम परियार टोकियो
सदस्य प्रशान्त मल्ल चिवा
सदस्य सागर थापा फुकुओका
सदस्य प्रकाश कडेल सेन्दाई
सदस्य केशव शर्मा ओसाका
सदस्य हिमालजंग क्षेत्री नागोया
सदस्य भिमसेन अर्याल टोकियो
सदस्य बिमल भण्डारी इबाराकी

खेलकुद विभाग

पद नाम स्थान
संयोजक रवि केसी टोकियो
सदस्य दिपक कार्की टोकियो
सदस्य पदम थापा टोकियो

सल्लाहकार समिति

नाम स्थान
नविन निउरे चिवा
रविन अधिकारी ओसाका
यदुराम सापकोटा ओसाका
दिलबहादुर थापा 'रामु' टोकियो
भिम काउचा ओसाका
मनबहादुर सलामी ओसाका
राजु कडेल टोकियो

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय