कोरोनाबाट मृत्यु भएमा ५० सहयोग गर्ने सह—अध्यक्ष पौडेलको घोषणा

बागलुङ¬—राष्ट्रिय सहकारी विकास बोर्डका सह—अध्यक्ष दक्ष पौडेलले गृह जिल्ला बागलुङमा कारोना संक्रमणबाट कसैको मृत्यु भएमा मृतकका परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । आफ्नो बाबुको स्मृतिमा खोलिएको भिमनाथ शर्मा पौडेल स्मृति प्रतिष्ठानमार्फत सहयोग गर्ने जनाएका छन् ।
प्रतिष्ठानका संरक्षण पौडेलले शुक्रबार प्रेस नोट जारी गर्दै बागलुङ जिल्लामा स्थायी बसोबास गर्ने नागरिकको कदमकदाचित जिल्लामै रहँदा वस्दा कोभिड—१९को कारण मृत्यु भएमा प्रतिष्ठानले बनाएको कार्यविधि अनुसार मृतकका परिवारलाई राहात स्वरुप मानवीय सेवाको भावले प्रति परिवार ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पौडेलले यसअघि प्रतिष्ठानमार्फत बागलुङ जिल्लाका बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकामा स्वास्थ्य सामग्री, थर्मल गन, मास्क, सेनिटाइजर, सिटामोल, भिटामिनलगायतका सामग्री तथा औषधि वितरण गरेर गरेका थिए । कोरोनाको बारेमा आम नागरिकलाई सुसुचित गर्न अग्रपंक्तिमा रहेर रिर्पोटिङ गर्ने बागलुङका पत्रकारको कोरोना बिमा गर्न समेत सघाएका थिए ।
महामारीको समाना गरेर अघि बढ्न राज्यका निकायको भूमिकामात्र प्रयाप्त नहुने भन्दै आम नागरिकलगायत अन्य संघसंस्थाले पनि कोरोना सर्न नदिन सामाजिक दुरी कायम गर्न चेतना अभिवृद्धि, क्वारेन्टाइनमा रहेकाको खानपान, संक्रमितको उपचार तथा मृत्यु संस्कारमा पनि सघाएर मानवीय भावना देखाउनु पर्ने पोडेलले प्रकाशित प्रेस नोटमा उल्लेख छ । बागलुङको अमलाचौरमा जन्मिएका पौडले प्रभु ग्रुपसँग पनि आवद्ध छन् ।

प्रतिक्रिया